Xavier's English School

बुढीगङ्गा २ टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलका ३ जना विद्यार्थीलाई

बुढीगङ्गा २ टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलका ३ जना विद्यार्थीलाई बुढीगङ्गा गाउँपालिकाले आठौँ राष्ट्रपति रनिङ सिल्ड तथा चौथो प्रतिभा पहिचान कार्यक्रमको समापनको अवसरमा सम्मान गरेको छ ।माध्यमिक शिक्षा परीक्षा तथा कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ मा बुढीगङ्गा गाँउपालिका टपर तीन जना मेधावी छात्रछात्रालाई जनही ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मानित गरेको ह‍ो ।सम्मानित हुनेहरूमा एसइइमा गाउँपालिकाभित्र सर्बाधिक जिपिए प्राप्त गर्ने जेभियर्स स्कुलका विजय पौडेल र छात्रातर्फ अन्जली दास रहेका छन् भने आधारभूत तह परीक्षा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने जेभियर्स स्कुलकै छात्र अङ्कीत कार्की क्षेत्री रहेका छन् ।सम्मान कार्यक्रममा पालिका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार , शिक्षा शाखा प्रमुख मनिषा थापालगायत विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, शिक्षिका एवंम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यसै गरी विद्यालयले भर्खरै सम्पन्न राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगितामा ८ स्वर्ण सहित दोस्रो स्थान तथा सँस्थागत विद्यालयतर्फ सर्वाधिक पदक प्राप्त गर्न सफल भएको छ।स्थापनाको १० वर्षमा नै विद्यालयले शैक्षिक एवंम् खेल क्षेत्रमा पाएको यो उपलब्धीले जेभियर्स स्कुल बुढीगङ्गाको उत्कृष्ट संस्थागत विद्यालय हुन पुगेको कुरा प्रमाणित भएको विद्यालयका सहायक प्रअ जनक ढकालले बताए। उनले पूर्णकालीन, दक्ष एवंम् तालिमप्राप्त शिक्षक , खेलकुद, संगीत, नृत्य र चित्रकलाका प्रशिक्षक साथै अभिभावक र विद्यार्थीको कडा मिहेनतले यो उपलब्धी हासिल भएको जानकारी दिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top